Latest News

16
Jan

पालुङटार विमानस्थलमा अल्ट्रालाइट उडान तयारी, ह्याङ्गर निर्माण सुरु –

गोरखा—गोरखाको पालुङटार नगरपालिका–१० स्थित पालुङटार विमानस्थलमा अल्ट्रालाइट उडान सुरु गरिने भएको छ। आन्तरिक तथा विदेशी पर्यटकलाई सेवा दिने उद्देश्यले माउन्टेन भ्यू एड्भेन्चर फ्लाइङ प्रालि पालुङटारले अल्ट्रालाइट सेवा आरम्भ गर्न लागेको हो। 
गोरखा सामागाउँ–३ स्थित मनास्लु हिमाल र कास्कीको अन्नपूर्ण दोस्रो रेञ्जलाई लक्ष्यित गरेर पालुङटार विमानस्थलबाट अल्ट्रालाइट सेवा दिन लागेको प्रालिका कार्यकारी प्रमुख दीपक केसीले जानकारी दिए।’सन् २०१५ को अगस्टबाटै उडान गर्ने तयारीका साथ विमानस्थलमा भौतिक संरचना निर्माण
थालेका छौ,’ केसीले भने, ‘पहिलो चरणमा दुईवटा अल्ट्रालाइटले सेवा दिन्छ।’ पर्यटक बढेसँगै अल्ट्रालाइटको सङ्ख्या थप गर्दै लैजाने प्रालिले जनाएको छ।अल्ट्रालाइट राख्न ह्याङ्गर शिलान्यास गरी कामअघि बढाइएको केसीले जानकारी दिए। अहिले ह्याङ्गर निर्माणका लागि जग खन्ने काम सकिएको प्रालिका सचिव रामबहादुर केसीले बताए। प्रालिले तीन वर्षका लागि पालुङटार विमानस्थल भाडामा लिएको हो।भौतिक संरचना तयार गर्नमात्रै करिब रु चार लाख लाग्ने बताइएको छ। स्थानीय बासिन्दा सरोज देवकोटाले लिगलिगकोटबाट प्याराग्लाइडिङको पनि परीक्षण गरिएको जानकारी दिए।विसं २०३५ सम्म विमान उड्न र अवतरण भइआएको उक्त विमानस्थल १८५ रोपनी क्षेत्रफलमा फैलिएको छ। एक किलोमिटर लम्बाइ र २०० मिटर चौडाइ रहेको विमानस्थलबाट विभिन्न हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । रासस –
09
Jan

गोरखामा विश्वविद्यालय स्थापना गर्ने लक्ष्य : आलोकश्री ( सङ्गीतकार )

 

घरमा पानी चुहि’दा ओभानो ठाउ’ खोज्दै गुन्द्रीमा रात काटेको अनुभव स’गालेका सूर्यकुमार खाती स्वीट्जरल्यान्डस्थित पा’चतारे होटलमा पनि सुतेका छन् । फरक यति हो, स्वीटजरल्यान्डको पा’चतारे होटलमा सुत्दा उनको परिचय संगीतकार आलोकश्रीको थियो ।

आलोकश्री यस्ता पात्र हुन्, जसले मेहनत र आत्मविश्वासकै कारण आफ्नो पहिचानलाई करोडौं नेपालीका माझ परिचित गराएका छन् । गोरखाको आ’पपीपलमा पहिलो पटक आ’खा उघारेका आलोकश्री जम्बो परिवारका सदस्य थिए ।

‘बुबाहरू चार दाजुभाइ तथा चार दिदीबहिनी हुनुहुन्थ्यो’ आलोकश्री भन्छन्- ‘त्यसमा पनि हाम्रा बा-आमाका पा’च सन्तान थपिएपछि परिवारको साइज झन्डै दुई दर्जन पुगेको थियो ।’ ‘आम्दानी भए पनि खर्च धेरै हुने भएकाले घर चलाउन मुस्किल हुन्थ्यो,’ उनी सम्झन्छन्- ‘कक्षा ८ मा पुगेपछि म पनि मेलापातमा व्यस्त हुन थालिसकेको थिए’ ।’ यसरी बिहान- बिहान गरेको कामबाट आउने २-३ रुपैया’ जम्मा गरेर उनी महिनामा ५० रुपैया’ पुर्‍याउ’थे, जुन विद्यालय शुल्क तथा कापी किताबमा खर्च हुन्थ्यो ।

अध्ययन पहिलो प्राथमिकतामा रहे पनि धेरै कुरामा रुचि राख्ने आलोक ०३८ सालतिर रेडियोका पारखी भैसकेका थिए । ‘रेडियो बजेको थाहा पाउनेबित्तिकै मेरा पाइला टक्क रोकिन्थे ।’ उनी भन्छन्- रेडियोबाट आउने आवाजले मलाई यति अचम्मित तुल्याउ’थ्यो कि कसरी मानिस यति सानो भा’डोभित्र अटाएका होलान् । यसबीच कसैले उल्क्याइदियो, रेडियोभित्र कलाकार हुन्छन् भनेर, बाले दुःख गरेर जोडेको ट्रान्जिस्टर भताभुङ्ग हुने गरी खोलेर हेरें, सयौं तार गुजुल्टिएर बसेको देखेपछि कलाकार नपाएको पीडामा डा’को छोडेर रोए’ ।

विद्यालयमा उनी अध्ययनका अतिरिक्त अन्य क्रियाकलापमा पनि सहभागी हुन्थे । एकातर्फ गाउ’घरको रोदी र अर्कातर्फ रेडियोको प्रभावका कारण हुनसक्छ, उनी आफैं लोकधुन सिजर् ना गरेर टुक्का मिलाई-मिलाई गाउ’थे । आफैंले रचेका शब्दमा लय हालेर चौतारीमा बसी भाका हालेको क्षण उनी अझै सम्झन्छन् । चौतारीमा एक्लै बसेर रेडियोमा फर्माइस गरेको नक्कल उतार्दै गाइरहेकै क्षणमा एक दिन कक्षा शिक्षकले देखेछन् । भोलिपल्ट उनले साथीभाइमाझ गाउनुपर्ने भयो, तर अगाडि गएपछि कामेर गाउनै सकेनन् ।

घरको जेठो सन्तानका रूपमा जन्मिएका आलोकश्री अपरिपक्व उमेरमै दायित्वबोध गरेर जिम्मेवार बन्ने अभ्यास गरिरहेका थिए । कल्पनामै सही, उनले काठमाडौं पुगेको, रेडियो ने पालमा गएको अनि आफ्नो भावना रेडियोमार्फत मुखरित भएको थुप्रै सपना देखे ।

८ कक्षाबाट ९ कक्षामा जाने बेलामा गाउ’मा एउटा विवाह हुन गयो, जसको जन्ती बेहुली लिन राजधानी जा’दै थियो । उनी जन्ती बन्न सफल भए । हजुरआमाको साथमा जन्ती आएका आलोकश्री विवाहघर जावलाखेलबाट रेडियो नेपाल खोज्दै सबेरै हि’डे । १० बजे सिंहदरबार अगाडिको मूल गेट आइपुगेका उनले दुई बजेपछि मात्र त्यहा’ जान पाइने कुरा थाहा पाए । दुई बजे छिर्ने बेलामा गेटमा देखिएको भीडमा आलोकश्रीलाई यी सबै रेडियो नेपालका कलाकार हुन भन्ने लाग्यो । रेडियो नेपाल पुगेपछि अवलोकन महाशाखा हेरेर उनी सुटुक्क रेकर्डिङ स्टुडियो छिरे । साढे २ देखि साढे पा’च बजेसम्म स्टुडियोमा बसेर रेकर्डिङ हेरेपछि उनी त्यहा’बाट बाहिरिए ।

‘झमक्क सा’झ परेको थियो, भोक-प्यासले आलस-तालस भएको थिए’,’ उनले सम्भिmए- ‘सिंहदरबारबाट बाहिरिएपछि म हराए’ । सोध्दै-सोध्दै राति १० बजे म जावलाखेल पुगें ।’ त्यसपछि उनमा संगीतको चस्का यति बढ्यो कि अब संगीतबिनाको जीवन अपूरो हुने विश्लेषण उनले गरे । रेडियो नेपाल पुगेको त्यो क्षण उनका निम्ति अविस्मरणीय क्षण बन्यो, त्यसैले एक महिनासम्म उनले गाउ’ले साथीहरूलाई रेडियो नेपालका बारेमा गफ दिइरहे ।

नमेटिने गरी पसेको संगीतको तिर्सनाका कारण उनले गीतलेखनमा आफूलाई अभ्यस्त बनाउन थाले । आफैं गीत लेख्यो, भाका मिलाएर लय हाल्यो अनि रेडियोको फर्माइस कायर् क्रमझैं फलानोको शब्द-संगीतमा फलानोको स्वर भन्यो अनि गाउन थालिहाल्यो, उनले हास्दै भने- ‘म एक प्रकारले पागल भैसकेको थिए’ ।’

एसएलसी उत्तीर्ण भएलगत्तै आमाले कुखुरा बेचेर दिएको २० रुपैया’ खल्तीमा राखेर उनी काठमाडौं आए । ०४४ सालको कुरा हो यो, गीतको ठूलो डायरी बोकेर उनी फेरि रेडियो ने पाल पुगे । त्यसबेला उनलाई आफूजस्तो कलाकार रेडियो नेपालले खोजिरहेको छ भन्ने भ्रम पनि थियो ।

आफन्त अंकलको घरमा बसेर पुस्तक पसलमा काम गरे पनि संगीतको नशाले उनलाई छाडेको थिएन । स्टेसनरी पसलमा सामान ल्याउने तथा सप्लाइ गर्ने क्रममै उनले स्कुलमा टिचिङ पनि सुरु गरे । संगीतकारहरूले आफ्नो गीतको अवमूल्यन गरेको देखेपछि उनमा संगीतकार बन्ने जोस चढ्यो । ‘गीत रेकर्डका क्रममा गीत छनौटदेखि गायकलाई पनि आफूले भनेजसरी नै गीत गाउन कमान्ड गर्ने संगीतकार पो ठूलो मानिस रहेछ जस्तो लाग्यो ।’ उनले भने- ‘त्यसपछि स्कुलबाट एडभान्स लिएर १ हजार ६ सयमा सेकेन्डह्यान्ड हार्मोनियम किनेर ल्याए’ ।’

त्यसपछि फुर्सदको क्षणमा हार्मोनियममा औंला चलाउन थालिहाल्ने आलोकश्री स्व-अध्ययनबाटै सारेगममा पोख्त बन्न सफल भए । अभ्यास गर्दै जा’दा नया’-नया’ कम्पोजिसन तयार हु’दा उनमा संगीतकार बन्ने भूत चढ्यो । त्यसपछि फेरि उनी रेडियो नेपाल धाउन थाले । रेडियो नेपालमा भेटिने सबै गायकलाई मेरो गीत गाइदेऊ भन्दा कसैले नपत्याएको त्यो समय पनि उनका निम्ति पिडादायी थियो । दुई वर्ष निरन्तर संगीत साधना गरेर तयार पारेका थुप्रै गीत बोकेर हि’ड्दा कसैले नपत्याइरहेका बेला एक गायकले १ हजार रुपैया’ दिने भए गाइदिने बताए, तर उनले पैसा मात्र खाए, गीत गाएनन् । उनको संघर्ष देखेर गायक पूर्ण परियारले ‘तिमीदेखि टाढा भए पनि तिम्रो याद आउ’छ’ गीत गाइदिए । पप प्याटर्नको यो गीत त्यसबेला खुब हिट भयो । गायकले हजार रुपैया’ खाइदिएकै समय म कामज्वरोले यति थलिए’ कि त्यसकै कारण दा’तै भा’चियो, उनले बिर्सनलायक त्यो समय सम्भ\\\”mदै भने, ‘ अहिले सम्भ\\\”mदा नराम्रो सपना देखेजस्तो अनुभूति हुन्छ ।’ रेडियो नेपालबाट पहिलो पटक यो गीत बजेको दिन उनलाई रातभर निद्रा लागेन ।

रेडियो नेपालमा गीत रेकर्ड गराउन सफल भएपछि उनले पहिलो चरणको सफलता पाएको अनुभूति गरे । त्यसपछि लगातार चार वर्ष अध्ययन-अध्यापनको संसारमा हराए । स्नातकोत्तर पूरा गरेपछि उनी पूर्णकालीन रूपमा संगीतको क्षेत्रमा र्फकने योजनामा पुगे ।

‘बिहान उठ्नेबिबत्तिकै हिमाल देख्न पाइयोस्,’ कालिप्रसाद रिजालले सिर्जना गरेको यो कविता मधुपर्कमा छापिएको देखेपछि त्यो गीतलाई कम्पोज गरेर उनले रामकृष्ण ढकालबाट स्वरबद्ध गराए । त्यसपछि रामकृष्णलाइ लिएर उनी रिजालको घर पुगे । गीत सुनेपछि रिजाल दंग परे ।

नारायणगोपालको निधनपछि गायनक्षेत्रबाट टाढिएका रिजाललाई फेरि सांगीतिक संसारमा तान्न उनीहरू सफल भए । शिक्षक भएर काम गरिरहेकै समयमा उनले केही साथीस’गको सहकार्यमा गोदावरीको बा’डेगाउ’मा किङ्गडम स्टार हाइस्कुल स्थापना गरे । सहरस’गै जोडिएको ग्रामीण क्षेत्रको त्यो भेगमा राम्रो विद्यालयको खा’चोलाई यो स्कुलले परिपूर्ति गर्‍यो । संगीतले नाम दिए पनि उनलाई दाम दिने काममा उक्त विद्यालयको भूमिका महत्त्वपूर्ण बन्यो । उनले त्यही मौकामा एकल गीतिसंग्रह ‘छाया” तयार पारे । जसमा समावेश सबै गीत लोकपि्रय भए । उक्त संग्रहबाटै उनको परिचय सूर्यकुमार खातीबाट आलोकश्री बन्यो । आलोकश्रीमा परिणत भएको उनको परिचय पनि यति फलिफाप भयो कि त्यसयता उनी निरन्तर सफलताको यात्रा तय गरिरहेका छन् ।

छाया’पछि आलोकश्रीको एकल संगीतमा ०५७ मा ‘हिउ’चुली’, ०५७ मै लय’ गीतिसंग्रह आए । यी दुवै संग्रह सुपरहिट भएपछि आलोकश्रीको पहिचान अझ बलियो भयो । त्यसपछि उनले २५ वर्षपछि उदितनारायण झालाई सुगम संगीतमा श्रोतामाझ ल्याए । २०५९ मा श्रोतामाझ आएको उपहार शीर्षकको यो गीतिसंग्रहले नेपाली सुगम संगीतमा थुप्रै रेकर्ड कायम गर्‍यो । उपहारपछि २०६१ मा टुनामुना गीतिसंग्रह बजारमा आयो । शब्द, संगीत उनकै रहेको यो संग्रहका सबै गीतले स्रोताको मन जिते । राजेशपायलको स्वरको ‘नौजाले मायाले’ यही गीतिसंग्रहको गीत थियो । कमसङ्गीतयात्राकै क्रममा १० भन्दा बढी देशको भ्रमण गरेका आलोक श्री सङ्गीतमा उदित नारायण झा रामकृष्ण ढकाल देखी रुपक डोटेल मल्लिका कार्की र राजन थपलिया सम्मले स्वर दिएका छन् ।

२०६३ मा जेबी संयोगीको शब्द तथा आलोकश्रीको संगीतमा भारतीय गजल सम्राट् जगजीत सिंहको स्वरको गजल-संग्रह ‘संयोग’ बजारमा आयो । संयोगपछि उनकै संगीतमा २०६३ मा ‘राष्ट्रियता’ २०६५ मा एसपी कोइरालाको एकल शब्दमा ‘उपमा’ र २०६६ मा विकास राणा र सुष्मा राणाको स्वरको ‘लुकेर लाएको माया’, २०६६ मै रूपक डोटेलको एकल स्वरमा ‘उमङ्ग’ गीतिसंग्रह श्रोतामाझ आए । ‘२०४६ सालदेखि प्रारम्भ भएको मेरो सांगीतिक यात्रा अहिलेसम्म सुखद छ,’ आलोकश्री भन्छन्- ‘भर्खरै बजारमा आएका गीतिसंग्रहहरू ‘लुकेर लाएको माया’ र ‘उमङ्ग’ ले पनि सफलता पाउनुले मेरा सबै मेहनतको श्रोताले कदर गरेको अनुभव गरेको छु ।’

आलोकश्री यतिखेर सातामा न्यूनतम् १० वटा गीतमा संगीत भर्छन् । आलोकश्री भन्छन्- ‘एउटा गीतको न्यूनतम ३५ हजार रुपैया’ लिन्छु ।’ संघर्षकै क्रममा ०४८ सालमा मागी विवाह गरेका आलोकश्रीकी छोरी कक्षा १२ मा र छोरा कक्षा १० मा अध्ययनरत छन् ।

जीवनयात्राका क्रममा यतिखेर आलोकश्री फरक सोच राख्न थालेका छन् । नेपाली लोक फ्लेभरलाई सुगम संगीतमा ढाल्न सफल यी संगीतकार सांगीतिक यात्राको एउटा उचाइ प्राप्त गरिसकेपछि सामाजिक सेवाको योजना बुन्न तल्लीन छन् । ‘मानिस सगरमाथा चढ्छ, विश्व देख्छ, विश्वकै अग्लो स्थानमा पुगेको गर्व अनुभूत गर्छ, अनि लुरुलुरु तल र्झछ,’ शिखरमा एक्लै पुगे पनि बस्ने मन गरे पनि आखिरमा बेसक्याम्प झर्नैपर्छ,’ दार्शनिक शैलीमा आफ्नो लोकपि्रयतालाई विश्लेषण गर्दै यी ३८ वषर्ीय संगीतकारले भने- ‘किनभने उसका सबै आफन्त बेसक्याम्पमै हुन्छन्, मैले पनि सगरमाथा चढिसकेपछि आफ्नो भूमिकामा सीमितता ल्याउनैपर्छ । जहा’ मेरा आफन्त हुन्छन् ।’ जीवनको अबको यात्रा पूर्ण रूपमा सामाजिक उत्तरदायित्व वहन गर्न खर्चिनुपर्छ भन्ने भावनाकै कारण गोरखामा विश्वविद्यालय स्थापना गर्ने लक्ष्यका साथ उनी अघि बढेका छन् ।

01
Jan

बेलायती नेपाली समाजका सेवक

बेलायती नेपाली समाजका सेवक

 शब्द तस्वीरः नरेश खपाङगीमगर

२९ वर्ष जेनेरल प्राक्टिस (जीपी)मा बिताएका डा. राघवप्रसाद धितालको स्वास्थ्य सेवामा मात्र होइन बेलायतमा नेपाली समाज स्थापनामा समेत समानान्तर योगदान छ । नेपाल र बेलायतबीचको सम्बन्ध बिस्तारका लागि उनले पुर्‍याएको योगदानको बेलायती महारानीले समेत कदर गरेकी छिन् । उनले पाएको प्रतिष्ठित ओबीई सम्मान यसको दशी हो । “म त एउटा डकर्मी मात्र हुँ” डा. धितालको यस्तो भनाइ सुन्दा कविशिरोमणि लेखनाथ पौड्यालको ‘फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र’ पंक्तिको सम्झना आउँछ ।

वि.सं. २००० मा गोरखाको खरिबोटमा धितालको जन्म भयो । परिवारको जेठो छोराका रुपमा । सरकारी नोकरी धिताल परिवारको पेशा थियो । उनले थाहा पाएसम्म जिजूबाजेदेखि सरकारी नोकरीमा थिए । कि खेति कि नोकरी विकल्प अरु थिएनन् त्योबेला । जागिरे खान्दानका कारण गोरखा जिल्लाभरमै विद्यालय नहुँदा पनि उनले पढ्न पाए । कस्तो भाग्यमानी धिताल परिवारले खर्च बेहोरेर गाउँमै पाठशाला खोलेका थिए । गोरखा बजारबाट मास्टरहरु आउँथे पढाउन । पिताजीको जागिर महोत्तरीमा थियो । डा. धितालले पनि तीनवर्ष जलेश्वरमा पढे । ‘हमारा राष्ट्र विहार, हमारा राष्ट्रपति राजेन्द्रबाबू’ । स्कुल नेपालमा भए पनि पाठ्यपुस्तक थियो भारतकै । वि.सं. २०१० मा तत्कालीन राजा त्रिभुवनको भ्रमण त्यस क्षेत्रमा भएपछि बल्ल पारसमणि प्रधानहरुले दार्जिलिङबाट छापेको नेपाली पुस्तक पढ्न पाएको डा. धिताल स्मरण गर्छन् ।
जलेश्वरको सम्झना अझै घुर्मैलो भएको छैन । मधेसमा बस्नेहरु भन्थे रे-पहाडमा मान्छे कसरी अडिन्छन् ? त्यस्तो भिरालोमा घर कसरी बनाउँछन् ? अहिले मधेसमा बस्नेहरु पहाडका कुनाकुना पुगेको देख्दा खुशी लाग्छ उनलाई । त्यसपछि उनले जुद्धोदय पब्लिक (जेपी) हाइस्कुलमा पढे र त्यहीँबाट गरे एसएलसी वि.सं. २०१५ मा । त्रिचन्द्र कलेजबाट बीएस्सी सकेपछि उनले कोलम्बो प्लानअन्तर्गत छात्रवृत्ति पाए बङ्लादेशमा एमबीबीएस गर्न । फर्केर उनले बाग्लुङ अस्पतालमा पाँच, हेटौँडा अस्पतालमा दुई र वीर अस्पतालमा तीनवर्ष सेवा गरे । “बाग्लुङ अस्पताल भर्खरै बन्दैथ्यो । टुकी बालेर बिरामी जाँच्नुपथ्र्यो” डा. धिताल फेरि पुराना सम्झनामा डुबे ‘नाउडाँडाबाट तीन दिन हिँडेर बाग्लुङ पुगिन्थ्यो’ ।
३५ वर्षअघि डा. धिताल युके छिरे । २ लाख ४३ हजार ८२० वर्ग किलोमिटरमा फैलिएको युकेभित्र त्यतिबेला उनकै अनुमानमा मुस्किलले पाँचहजार नेपाली थिए होलान् । बिरानो ठाउँमा नेपाली अनुहार देख्न नपाउँदा उनी अत्तालिए । आएको तेस्रो दिनमै नेपाली खोज्दै स्कटल्याण्ड (एडिनबरा) गए । “मलाई त नेपाली भेट्न नपाउँदा उकुसमुकुस भयो, आएको तेस्रो दिनमै एडिनबरा गएँ । त्यो सप्ताहन्तमा डा. केशरलाल श्रेष्ठ, डा. भरत त्रिपाठीकहाँ मासुभात खाएँ” पुरानो सम्झना आलो बनाउँदै उनले भने । “एडिनबराको पि्रन्स स्ट्रिटमा हिँड्दै थिएँ एउटा मान्छे नेपालीजस्तो लाग्यो नजिकै गएर तपाईको घर कहाँ हो भनेर सोधेँ । त्यो मान्छेले आत्तिँदै स्याङ्जा भन्यो” शुरुवाती दिनमा बेलायतमा नेपाली भेट्दाका क्षण सम्झिँदै धिताल भन्छन् । स्कटिसहरुले पनि गोरखाहरुका कारण नेपालीहरुलाई आत्मीयता दर्शाएको उनको स्मरणमा दुरुस्तै छ ।
सन् १९७० को दशकबाट बल्ल बेलायतमा नेपालीहरुको बसोबास शुरु भएको डा. धिताल बताउँछन् । त्यसताका गोरखा सैनिकहरु दुईवर्ष युके घुम्थे फर्कन्थे । ७०को दशकमा क्याटरिङमा लागेका नेपालीहरुले बेलायतको वर्क परमिट पाउन थाले । चिकित्सकहरु पनि आउन थाले । त्यसपछि बिस्तारै ‘एसाइलम सिकर’हरुले पनि मुद्दा जितेर बेलायत बस्न थाले । भूपू सैनिकहरुले बस्न पाए । अहिले आएर करिब एक लाखको संख्यामा जमे । यिनै नेपालीहरुलाई साँस्कृतिक रूपमा एकसुत्रमा उनेर राख्ने अभियानमा छन् डा. धिताल । युकेस्थित नेपाली संस्थाहरुको नेतृत्वमा रहेर होस् वा बाहिरै बसेर होस् । उनको चिन्ता नेपाली र बेलायती समाजबीच सामाजिक सद्भाव सुदृढ गर्नुमा छ । “नेपाल र बेलायतबीच यति पुरानो सम्बन्ध छ यसलाई नयाँ तरिकाले विकसित गर्नुपर्छ” डा. धिताल भन्छन् ।
मेडिकल ट्रेनिङमा भित्रिएका धिताल तालिम सकेर जनरल प्राक्टिस (जीपी) मा लागे । अब केही वर्ष मात्र जीपीमा बिताउने र अझ बढी समय नेपाली समाजको सेवामा लगाउने उनको आकांक्षा छ । नेपालीहरुको पचासौँ वर्ष पुरानो संस्था यतिमा रहँदा यतिलाई सम्पूर्ण नेपालीहरुको मियो बनाउने प्रयास उनको थियो । अहिले ब्रिटेन नेपाल सिभिक फोरममार्फत् दुई देशबीचको सम्बन्ध अझ गाढा बनाउन उनी दत्तचित्त छन् ।
बीसौँ वर्षौँ पहिले नै ब्रिटेन नेपाल सोसाइटीमा आफूले प्रतिनिधित्व गर्दा गोरखा सैनिकहरुलाई उनीहरुको काम अनुसारको तलव र पेन्सन दिनुपर्छ भनेर आफूले बोलेको डा. धिताल बताउँछन् । आफ्नो चाहना जातजाति, पार्टीभन्दा माथि उठेर सबै नेपालीहरुलाई एक गर्नु रहेको उनी सुनाउँछन् । अहिले नेपाली समाज बढ्दै गएपछि संघ/संस्थाहरु पनि थपिँदा छन् । तर उनलाई यसरी धेरै संस्था खुलेकोमा चित्त बुझेको छैन । उनी भन्छन् “हामी नेपालीहरु एक भएर नै अगाडि बढ्न सक्छौँ, नेपालीहरुको स्थिति यहाँ अझै बलियो भइसकेको छैन” । विभिन्न संस्थाहरुले आफ्नो संस्कृतिका बारेमा जानकारी गराउनु, चाडबाड मनाउनु राम्रो भए पनि अरु संस्थाले गरिरहेका काम दोहोर्‍याउनु उचित नभएको उनको निस्कर्ष छ ।

Raghab 2
पहिले जुनसुकै पार्टीको नेता बेलायत आए पनि नेपाली नेता ठानिन्थे । बेलायतमा पार्टी-पार्टी थिएन । ती नेताले सिंगो देशको प्रतिनिधित्व गर्थे । सबै नेपालीबीच बोल्ने, भेट्ने, आफ्नो धारणा राख्थे । अहिले त्यो क्रम पनि संकुचित बन्दै गएकोमा धिताल दुःखी छन् । बेलायतमा बस्ने सबै नेपालीहरुको सेन्टर बनाउन सन् १९९७ मा यतिमार्फत एकलाख पाउण्ड उठाएर घर किनिएको थियो । तर अहिले त संस्थाहरु आफू-आफू घर किन्न थालेका छन् । तैपनि डा. धिताल बेलायतमा बस्ने सबै नेपालीको साझा पर्व बनाउन र वसुधैव कुटुम्बकमको उद्देश्यमा लागिरहेकै छन् । बेलायतमा पढ्न आएका नेपाली विद्यार्थीहरुको अपेक्षा पूरा हुन नसकेकोमा उनी पिरोलिएका छन् । बेलायत सरकारलाई आफ्नो फाइदा मात्र नहेर्न दबाब दिनुपर्ने उनको धारणा छ ।
तीनदशक युकेका बिताएका डा. धिताललाई सोधियो ‘बेलायतमा नेपालीहरुको भविष्य कस्तो होला ?’ “दोस्रो/तेस्रो पुस्ताले सानै उमेरमा उन्नति गर्नसक्ने देख्छु । उनीहरुमा नेपालप्रति आस्था जगाउन सकियो भने देशलाई पनि फाइदा, उनीहरुलाई पनि फाइदा” थोरै शब्दमा गहकिलो जवाफ थियो यो । अनि सँस्कृति नि ? “भारतीयहरु जस्तो ठूलो संख्या नेपालीहरुको नभएकाले सँस्कृति जोगाउन चुनौतीपूर्ण छ तर अहिलेदेखि नै सोच बनाउने हो भने सजिलो हुन्छ । त्यसका लागि नै त हो सामुदायिक केन्द्र बनाउन खोजेको” उनले थपे ।
नेपाल र बेलायतको स्वास्थ्य क्षेत्रको नाडी राम्रैसित छामेका डा. धितालसँग खसखस लागेको अर्को प्रश्न पनि थियो, नेपालको स्वास्थ्य बेलायतको जस्तो बनाउन के गर्नुपर्ला ? “स्वास्थ्यलाई मात्र अलग राखेर हेर्न हुँदैन । शिक्षा, स्वास्थ्य र रोजगारलाई एउटै प्याकेजमा हेर्नुपर्छ । नेपालमा अब निजी क्षेत्र संगठित भएर यी क्षेत्रमा आत्मनिर्भर हुनुपर्छ । जापान/इटालीमा को प्रधानमन्त्री आउँछ, जान्छ केही मतलब हुन्न । नेपालमा पनि राजनीतिलाई कम गरेर लैजानुपर्छ” अपेक्षाविपरीत राजनीतिक उत्तर पो आयो ।
जननी जन्मभूमि स्वर्गादपी गरियसी भने झैँ जीवनका आगामी दिनहरु नेपालमै बिताउने योजनामा छन् डा. धिताल । “म नेपाली नागरिक हुँ । म फर्कन यहाँ आएको हुँ । म जहाँ जन्मेँ, जहाँ हुर्केँ, पढेँ त्यसप्रति मेरो जिम्मेवारी छ । यो देश सम्पन्न छ यहाँ मैले केही गर्नु छैन तर मेरो देशमा गएर मैले धेरै गर्नु छ” ।
मातृभूमिको ऋण पनि अचम्मकै हुँदोरहेछ ।

– See more at: http://wenepali.com/2014/12/5243.html#sthash.q7jH488G.dpuf

23
Dec

एसियाकै अब्बल, डा. उपेन्द्र देवकोटा

– स्वास्थ्य खबरपत्रिका (काठमाण्डौं)

 

डा. उपेन्द्र देवकोटा । एसियाकै चर्चित न्युरोसर्जन, जो एक्लैले आफ्नो करिअरको ३० वर्षको अवधिमा १८ हजारजनाको शल्यक्रिया गरिसकेका छन्, १० लाख बिरामीलाई जाँचिसकेका छन्, कैयौंलाई जीवन दिए । गोरखाको अमरज्योति जनता मावि लुईंटेलबाट विद्यालय शिक्षा पूरा गरेका उपेन्द्रले विद्यालय तह होस् या कलेज वा चिकित्साशास्त्रको पढाई, सधै अब्बल विद्यार्थी सावित भएर देखाए । वीर अस्पतालमा २५ वर्ष सेवा गरेका उनी अहिले बाँसबारीस्थित न्युरो हस्पिटलमार्फत् बिरामीको सेवा गरिरहेका छन् । ७ महिना स्वास्थ्यमन्त्री हुँदा उनले थुपै्र राम्रा कामको सुरुवात गरे । स्वास्थ्य खबरपत्रिकासंगको ३ घण्टा लामो कुराकानीमा उनले आफ्ना विद्यालय जीवनका रोचक क्षण, व्यवसायिक जीवनका सफलता र अनुभवलाई खुलेर बाँडे ।

घरबाटै सुरु भयो सपना
डाक्टर बन्ने सपनाले घरबाटै पालुवा हाल्न शुरु गरिसकेको थियो । बुबा होमनाथ कविराज थिए, बुबाले पु¥याएको सेवा देख्दा उनको बाल मष्तिष्कमा ‘यसैगरी बिरामी जाँच्छु’ भन्ने सपना पलाउन थालेको थियो । अझ घरमा रहेको पाठशालाको वातावरणले उनलाई पढ्नुपर्छ भन्ने हुटहुटी जगाइरहन्थ्यो । पाठशालामा नुवाकोट त्रिशुलीदेखिका मानिसहरु पढ्न पुग्थे । एकप्रकारको गुरुकुल परिवेशमा हुर्किएका थिए उनी । घरकै पाठशालाका गुरुहरुको काखमा गोरखापत्रबाट क, ख सिके उनले ।

तीक्ष्ण क्षमता सानैदेखि देखिएको थियो । एकैपटक कक्षा २ मा भर्ना भएका उनी पाँच कक्षादेखि अमरज्योति मावि लुइटेल भर्ना भए । विद्यालय तहको अतिरिक्त क्रियाकलापमा सधै अगाडि हुन्थे । विद्यालयमा जुन सदनमा उनी हुन्थे त्यसमा १८–२० नम्बर ल्याइदिन्थे । भलिबलदेखि खेलकुद, वादविवाद, वक्तृत्वकलाका मञ्च र निवन्ध प्रतियोगितामा कहिल्यै दोस्रो भएनन् । मेडिकल कलेज पढ्दासमेत उनलाई धेरैले भलिबल खेलाडीका रूपमा  चिन्थे ।

पाठ्यक्रमबाहिरको ज्ञानमा सहपाठीभन्दा उनी निकै अगाडि थिए । तिनताका देवकोटा गाउँको पुस्तकालयमा सचिव पनि भए । विद्यालय सकिएपछि उनीलगायतका विद्यार्थी पालैपालो लाइब्रेरियन बन्थे । सातामा एकपटक पुस्तकालयको बैठक बस्थ्यो । उनीहरु आफँै माइन्युट लेख्थे । पछि मन्त्री हुँदा देखे मन्त्रिपरिषद्को माइन्युट पनि त्यहीस्तरको हुन्थ्यो ।

सचिवको हैसियतले उनले बेलायती, अमेरिकी र भारतीय दूतावासदेखि नाम चलेका लेखक, प्रकाशन गृहको ठेगाना खोजेर पत्राचार गरी पुस्तक मगाए । वेलायती दुतावासले एक सय ५० थान पुस्तक ठाँटीपोखरी एयरपोर्टसम्म पठाइदिएछ । हातमा पत्र पुग्नेबित्तिकै उनी पुस्तक लिन एयरपोर्ट हानिइहाले । पुस्तकालयका कारण गाउँमा पढ्ने संस्कृति नै बनिसकेको थियो । राजधानीबाट निस्कने गोरखापत्र पाँच दिनपछि गाउँमा पुग्थ्यो । मधुपर्कका प्रत्येक अंक पनि लिगलिग गाउँ आइपुग्थे ।

७ कक्षामा पढ्दापढ्दै गाउँका ‘ठिटा’ मिलेर गाउँ सुधार समिति खोले । त्यसको विधान आफै लेखे । पालैपालो पदाधिकारी परिवर्तन हुन्थे । धारा, बाटोघाटो सफा गर्ने, गाउँमा जुवातास निषेध गर्ने अभियान चलाए । तिहारमा कौडा चलिरहँदा पुलिस बोलाएर जुवासमेत बन्द गराए ।

तर्कका भण्डार

विद्यालय तहमै उनले आफ्नो विलक्षण प्रतिभालाई सावित गरिसकेका  थिए । वादविवाद, वक्तृत्वकला र निबन्ध प्रतियोगितामा विद्यालयका अन्य विद्यार्थीजस्तो कण्ठ बनाएर सुनाउँने उपस्थिति हुन्थेन उनको । उनी प्रत्येक प्रतियोगितामा नयाँ तर्क र तथ्यसहित प्रस्तुत हुन्थे र जुनसुकै विषयमा पनि उत्तिकै राम्रो बोल्थे । एक हिसाबले ‘एन्टी करेन्ट’ जस्तै । सबै विद्यार्थी महिलालाई शिक्षा दिनुपर्छ भन्ने विषयमा तछाडमछाड गर्दै तर्क गर्न उत्रन्थे । तर,  दिन्नहुन्न भन्ने पक्षमा पनि उपेन्द्र खरो रुपमा उत्रन्थे, चकित हुन्थे गुरु र सहपाठीहरु ।
तर्क खोज्न उनले थुपै्रं संस्कृतका श्लोक खोज्थे । पहिलोपटक कक्षा ६ मा पढ्दापढ्दै विद्यालयस्तरीय निवन्ध प्रतियोगितामा उनले १० कक्षासम्मका सबैलाई उछिने । कक्षाकोठाको परिधिभित्र खुम्चिएर बसेनन् । कक्षाका किताब रटेर बस्नु त समयको बर्बादी हो भन्ने लाग्थ्यो । वृहत ज्ञान बढाउँनतिर लागे ।

त्यो मेहनत र क्षमताले गर्दा विद्यालय तहमै उनको क्षमता धेरै माथिल्लो स्तरको भयो । एसएलसीमा उनी बोर्डमा परे । बहुविषय पढाईका कारण बुझाईको स्तर धेरै माथि थियो । तर एसएलसीमा केही विषयमा कमै नम्बर आयो । अहिले उनी समीक्षा गर्छन्, ‘विद्यालय तहमा त्यो स्तरको लेखाई बुझ्न सक्ने जाँचकी नै थिएनन् । अंग्रेजी र नेपाली भाषा राम्रा उत्कृष्ठ लेख्न सक्नेको ती विषयमै नम्बर आएन ।

उनले अमृत साइन्स क्याम्पसबाट आइएस्सी गरे । बायोलोजीमा फस्ट डिभिजन ल्याउने ब्याच नै उनको थियो । भर्ना गर्दा फष्ट डिभिजन पनि आउँदैन भन्ने सुनेर केही दिन उनी म्याथम्याटिक्सको कक्षामा समेत गएर बसे । चिकित्सक बन्ने सपना बाल्यकालदेखि कै थियो । बायोलोजीको विकल्प थिएन । आइएस्सीमा बायोलोजीमा एक नम्बरले डिस्टिङसन पुगेन । त्यसअघि बायोलोजीमा कसैको फस्ट डिभिजन आएको थिएन ।

विद्रोही विद्यार्थी

उनले नम्बर किन कम आयो भनेर कसैसँग गुनासो गर्दै हिँडेनन् । जिन्दगीको सफलताका लागि उनले हिडिरहेको बाटो सही थियो र यही पढाईले विद्यालय तहमै ‘हाइ कन्फिडेन्ट’, एक्सपोजर दिइसकेको थियो । उनको ‘ग्रुमिङ’ नै ज्ञानको बीचबाट सुरु भयो । कोर्सबाहिरका कुरामा झन् राम्रो गर्न सक्थे । जीवन दर्शनबाट उनीसँग धेरै ‘कन्फ्युजन’ बाँकी थिएनन् ।

धर्मका प्रचारकहरुले खोलेको विद्यालयमा यी अब्बल विद्यार्थीले सधै विद्रोही विद्यार्थीको पहिचान बनाए । तर गुरुहरुको अनुशासनलाई कहिल्यै नाघेनन् । स्कुलमा चर्च भएपछि उनी धर्मप्रचारका विरोध गर्थे । त्यसको असर कतिपय विषयमा शिक्षकले दिने नम्बरमा परेको तीतो संझना अहिले पनि ताजै छ । नेपाली पढाउँने एकजना गुरूले उनलाई प्रत्येकपटक दिने नम्बर थियो ६२ । एकपटक सो विषयका शिक्षक फेरिए, उनको नम्बर आयो ८३ ।

गुरुवचन तोडेनन्
एसएलसीसम्मका उनका सम्झना पनि रोचक छन् । गुरुवचन तोडेको भए अवस्था अर्कै हुन्थ्यो । एसएलसीमा गणितको प्रश्नपत्र उनले डेढ घण्टामा सिध्याए । उनले दोहो¥याएर उत्तर जाँचे, सबै ठिक थियो । तर ज्यामितिको एउटा प्रश्नको उत्तरको चित्रमा एक मिलिमिटर जति ढल्किएको जस्तो लाग्यो उनलाई  । स्कूलमा शिक्षकले एउटा अनुशासन सिकाएका थिए  उत्तरपुस्तिकाको प्रत्येक पानाको तल पिटिओ अर्थात ‘प्लिज टर्न ओभर’ नलेख्ने ।  उनले त्यो प्रश्न काटेर अन्तिम पन्नामा लेखे । यसपटक धर्मसंकट प¥यो । १८ नम्बरको प्रश्न थियो । बीचको काटिसकेका थिए । पिटिओ लेख्नैपर्ने अन्यथा नम्बर नआउने अवस्था भयो । उनले गुरुबचन संम्झे र पिटिओ लेखेनन् । एसएलसीमा गणितमा ८२ अंक मात्रै आयो । अहिले पनि उनी गुरुहरुप्रति उत्तिकै सम्मान गर्छन् । अहिले समाजमा अनुशासनको मूल्य कम हुँदै गएको उनको ठहर छ । र तिनीहरुलाई उनको चुनौती पनि छ, –‘अनुशासनप्रतिको निष्ठालाई कमजोरी नठानियोस् ।’

बेलायतीहरु छक्कै
बाल्यकालदेखि नै सिद्दान्तप्रतिको निष्ठामा उनी कहिल्यै डग्मगाएनन् । बरु उनी तिरस्कार, कष्ट भोग्न तयार भए । अहिले पनि उनी आफूलाई ठूलो बनाउँन औकात भुल्नेको ठूलो जमात भेट्छन् । हालको पेशामा पनि त्यो अवस्था छ । शिक्षा मन्त्रालयको छात्रवृत्तिमा उनले भारत आसाम मेडिकल कलेजबाट एमबिबिएस गरे । त्यहाँबाट फर्किएपछि उनले एक वर्ष चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्ज क्याम्पसमा हेल्थ असिष्टेन्टलाई पढाए ।

अर्को वर्ष लोकसेवा पास गरेर वीर अस्पतालमा पोष्टिङ भए । पाँच वर्ष मेडिकल अफिसरको रुपमा वीरको सर्जरी विभागमा काम गरे । विभागीय प्रमुख थिए –डा.दिनेशनाथ गंगोल । दुई वर्षमै उनी सर्जरी विभागमा रजिष्ट्रार भए । पाँच वर्षपछि उनी न्युरोसर्जरी पढ्न बेलायत गए । चिकित्साशास्त्रमै सबैभन्दा जटिल विधा न्युरोसर्जरी त उनले तालिम अवधि नसकिँदै पास गरे । त्यो कुरालाई बेलायतीले पनि सम्मान गरे । नेपालमा सिकेको विद्यार्थीको यो स्तर देखेपछि उनीहरुले अर्को वर्षदेखि नेपालमा ‘एफआरसिएस’ को परीक्षा केन्द्रं राखे ।

पढाईपछिको तालिमका करिब ६ वर्ष उनले सिटि स्क्यान आविष्कारमा नोबेल पुरस्कारप्राप्त संस्थामा समेत काम गर्ने अवसर पाए । जिन्दगीमा पाएको त्यो एक्स्पोजरले उनको सोचाई, आँट र सीपलाई अझै परिष्कृत ग¥यो । बेलायतको अध्ययनले उनलाई ठुल्ठुला सपना देख्न सिकाएको ठहर उनको छ । ‘कमजोर मानिसले भिजन लिन सक्दैनन्’ उनी भन्छन्, ‘स्वदेश फर्किएपछि नेपालका स्वास्थ्य क्षेत्रमा लागू भएका र हुन वाँकी भिजन मैले वेलायत र मेरो स्कुलिङबाट सिकेँ ।’

 लगातार २२ घण्टा सर्जरी

बेलायतको ‘रेजिडेन्ट भिसा’ पाउने समय आएको थियो । तर त्यहाँका विलासिताले तानेन । उनले ठाने ‘मैले यस्ता संस्था नेपालमै बनाउँनुपर्छ ।’ फर्किएपछि उनकै नेतृत्वमा वीरमा सन् १९८९ मा न्युरोसर्जरी विभागसमेत बन्यो । नेपाल फर्किएपछि पहिलोपटक ब्रेन ट्युमरको शल्यक्रिया गरे । शल्यक्रिया सकेको पाँचौ दिनको दिन टाँका काटेर बिरामी झोला बोकेर घर फर्कियो । उनलाई अहिले पनि त्यो दिन सम्झदा गर्व महसुस हुन्छ । नेपालमा न्युरोसर्जरीको विकास गर्न सकिन्छ भनेर देखेको सपना विपनामा परिणत भएको दिन थियो त्यो उनका लागि । त्यसपछि उनी अहोरात्र यसको विकासमा लागे । रातदिन नभनी काम गरे । लगातार २२ घण्टा लामो शल्यक्रियासमेत उनले वीरमा गरे ।

१० वर्षपछि नै नेपालमा उनकै अगुवाईमा १९९९ मा सार्क क्षेत्रको न्युरो सर्जिकल कन्फ्रेन्स भयो । संसारभरबाट ३०० न्युरोसर्जन नेपाल आएका थिए । वीर अस्पतालमा सो अवधिसम्म यति प्राज्ञिक र क्लिनिकल विकास भइसकेको थियो कि सम्मेलनमा प्रस्तुत १३० वटा कार्यपत्रमध्ये १७ वटा त वीर अस्पतालको मात्रै थिए । सम्मेलनमा नेपालमा न्युरोसर्जरी क्षेत्रमा भएको विकासलाई संसारले ‘वाहवाह’ ग¥यो ।
वीर अस्पतालको सरकारी सेवामा उनले २५ वर्ष बिताए । हजारौ गरिबलाई सेवा दिए ।  वीर अस्पतालबाट मात्रै थुप्रै न्युरोसर्जन तयार पारे । यसबीचमा उनी ७ महिना स्वास्थ्यमन्त्री भए । उपेन्द्रलाई धेरैले राजावादीको आरोप लगाए । उनी स्पष्ट छन् ‘म राजाका लागि मन्त्री भइदिएको हैन । साइन्स पढेको मान्छेले विष्णुको अवतार कसलाई मान्छ ?’ उनी प्रतिप्रश्न गर्छन्, ‘राष्ट्रका लागि केही भूमिका निर्वाह गर्न सकिन्छ की भनेर मन्त्री भएको थिएँ ।’

त्यतिबेला स्वास्थ्य मन्त्रालयमा पनि उनले धेरै नयाँ काम गरे । अध्यादेशमार्फत् चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (नाम्स) बनाए । नेपालमै विशेषज्ञ डाक्टर उत्पादन सुरु भयो । दुर्गममा पोष्टमार्टम गर्ने चिकित्सक नपाइने अवस्थामा सरकारी चिकित्सक गाउँ जान तछाडमछाड गर्ने अवस्था आयो । दुई वर्ष दुर्गममा बसेपछि सरकारले पोष्टग्राजुयट (पिजी) निःशुल्क पढाइदिने भनेको थियो । विशेषज्ञ चिकित्सक उत्पादनमा नेपालले एउटा इतिहास रच्यो । अध्यादेशमार्फत् यस्तो निर्णय गरेको भन्दै धेरै सहकर्मी चिकित्सक पनि विरोधमा उत्रिए । लोकतन्त्रपछि तत्कालिन स्वास्थ्य मन्त्री अमिक शेरचनको पालामा नाम्स खारेज गर्ने चलखेल भयो । उपेन्द्रले चुनौती दिए ‘सक्छौ भनेर गरेर देखाउँ । ती विद्यार्थीले नै मन्त्रीलाई कडा चुनौती दिनेछन् भन्ने उनलाई पक्का थियो ।

 सपना पूरा गरेरै छाडे

उनको सोचाई प्रत्येक क्षेत्रीय अस्पतालमा डाक्टर पढाउने थियो । सरकारीस्तरमै मेडिकल कलेजको संख्या पनि बढाउन चाहन्थे । तर समय पुगेन । त्यसो गर्न सकेको भए, अहिले चिकित्सक र विशेषज्ञ उत्पादनको नाममा करोडौंको व्यापार नहुने उनको ठम्याई छ । सरकारी सेवामा चिकित्सको अभाव र गुणस्तरीय स्वास्थ्य सेवालाई विकेन्द्रित गर्ने योभन्दा सजिलो उपाय नेपालका लागि नहुने उनको भनाई छ । स्वास्थ्य मन्त्रालय र विभागमा वर्षौदेखि घुमिरहेका हाकिमदेखि आफूलाई विज्ञ सम्झने धेरै मन्त्री अहिले पनि स्वास्थ्य प्रणाली कस्तो हुनुपर्छ भन्नेमा अष्पष्ट छन् ।

उनको स्पष्ट दृष्टिकोण छ– प्राइमरी र सेकेन्डरी केयर विकेन्द्रित हुनुपर्छ र तर टर्सरी (सुपर स्पेसियालिटी) केयर केन्द्रिकरण । उनले न्युरो, मुटु, बाल रोग र क्यान्सरका छुट्टाछुट्टै संस्था त्यो पनि केन्द्रमै हुनुपर्छ भने । भरतपुरमा क्यान्सर अस्पताल लैजान हुन्नथ्यो भन्ने उनको स्पष्ट मत छ । यस्ता विशिष्टीकृत अस्पताल एक्लै उभ्याएर हुन्न । वरपर अरु स्पेसलिष्ट फिडर अस्पताल चाहिन्छ भन्ने उनको स्पष्ट मान्यता थियो । यो सोच पूर्ण कार्यान्वयन हुन सकेन ।
उनले गंगालाल भएको ठाउँमा न्युरो अस्पताल बनाउँन चाहेका थिए । नभएपनि सोही भिजनमा बनेको गंगालालको आधा जग्गा न्युरो अस्पताललाई दिनुपथ्र्यो भन्ने उनको बुझाई छ । केही मान्छेले असहयोग गरे, तर पनि उपेन्द्रले न्युरो अस्पतालको लबिङ छाडेनन् । उनलाई सबैले बाइपास गरे । गंगालाल बनेपछि पनि उनले वीरको मुटुरोग विभाग गंगालालमा गाभ्न खोजे, त्यसमा पनि ठूलो चलखेल भयो ।

उनी सधै योजनामुताविक चल्छन् । धेरै विरोधी हुँदा पनि सही काम गर्न उनी कहिल्यै डराएनन् । बाँसबासीमै न्युरो अस्पताल एवं तालिम केन्द्र स्थापनाको सपना पूरा गर्ने अठोट थियो । न्युरो अस्पताल निर्माण सकिएर सेवा सुरु गर्ने पहिलो दिन बिहान, उनले आफ्नो मातहतमा अन्य प्राइभेट अस्पतालमा भर्ना भएका १८ जना बिरामीलाई एम्बुलेन्सबाट ओसार्न लगाएर योजनाबद्ध तरिकाले उद्घाटन गरे । विशेषज्ञ सेवाका लागि छुट्टै संस्थाको सपना उनले पूरा गरे । अहिले उनलाई सो अस्पतालमा पनि अन्य विषयका सेवा सुरु गर्न धेरैका सल्लाह आउँछन् । तर उनको सपना जनरल अस्पताल हैन, उनको चाहना पैसा होइन् र त उनी त्यही संस्थाको विकासमा अहोरात्र खटिइरहेका छन् ।
बिहान उठेपछिदेखि बेलुका सुत्नुअघि अस्पतालमा भर्ना भएका प्रत्येक विरामीलाई उचित  सल्लाह दिन्छन् । न्युरो अस्पताललाई उपचार, अनुसन्धान, पुनस्र्थापना र तालिम सबै विधाको केन्द्र बनाउने उनको सोच छ । यसमा अब छिट्टै पुनस्र्थापना केन्द्र थपिँदैछ ।

नेपालमा न्युरोसर्जरीको क्षेत्रमा भएको विकासको श्रेय उपेन्द्रलाई नै जान्छ । उनले छोटोसमयमै ठूलो फड्को मारेर देखाए । हालसम्मको सेवाअवधिभर उनी एक्लैले करिव १८ हजार सर्जरी गरिसकेका छन् । १० लाख बिरामीलाई प्रत्यक्ष जाँचेको अनुमान गर्छन् उनी । उनी उनको पुस्ताकै चर्चित र सफल न्युरोसर्जन हुन् ।

बेलायत जाँदा कलेजको रिसेप्सन

नेपालको एउटा गाउँमा मकै भटमास खाएर खाली खुट्टा स्कूल जाने बालकले देखेको सपना लगभग पूरा भएको छ । उनीबाट भावीपुस्ता मात्रै होइन समकक्षी चिकित्सकले पनि सिक्न सक्ने धेरै ठाउँ छ । उनी एसियाकै नामी सर्जन हुन् । उनको योगदान र सफलतामा उनको कलेजसमेत गर्व गर्छ । उनी बेलायत जाँदा रोयल कलेजले नै रिसेप्सन दिन्छ । उनका प्राध्यापकले धेरैपटक दोहो¥याएका छन्–‘यो कलेजमा पढेकामध्ये एक्लै यति गर्न सक्ने थोरै अब्बल विद्यार्थीमा पछौं तिमी ’

बिरामी देख्नेबित्तिकै रोग पत्ता लाग्न सक्छ
उनका खुट्टा तान्नेदेखि, डाहा गर्ने र आलोचकको पनि कमी छैन । उनलाई अहिले पनि आफूलाई अन्य चिकित्सकसँग तुलना गरेको मन पर्दैन । असल बाटोमा तीस वर्ष हिड्दा पाएको उपलब्धी पनि स्वभाविक नै हो । महङ्गो चिकित्सक र बिरामीलाई थोरै समय दिन्छ भन्ने आरोप उनीमाथि छ । ‘संसारमा म जत्तिका न्युरोसर्जनका आफ्नै जेटप्लेन छन् ।’ उनले भने, ‘२५ वर्ष वीरमा बसेर निःशुल्क सेवा गरेँ, संसारमै सबैभन्दा सस्तोमा न्युरो सर्जरी गर्दा पनि महङ्गो भन्न सुहाउँछ ?’ उनले न्युरो सर्जरीलाई मुटु वा अन्य विधाका सर्जरीसँग तुलना गर्दा पनि महङ्गो नभएको बताए ।

विदेशमा उनका समकक्षी प्रत्येक दिन १०–१२ जनालाई मात्र ओपिडीमा हेर्छन् । दुर्गम गाउँबाट हप्तौको यात्रा गरेर आएका बिरामीलाई निराश फर्काउनुभन्दा थोरै समय भएपनि दिनुपर्छ भन्ने मान्यता राख्छन् उनी । अनुभवले खारिएका उनलाई बिरामीको रोग थाहा पाउन सक्षम चिकित्सकलाई घण्टौ लाग्छजस्तो पनि लाग्दैन । ‘बिरामीभित्र छिर्दा नै रोग पत्ता लगाउन सकिन्छ भने किन धेरै समय लिने?’ उनले भने ।

गरिबको उपचारजस्तो आनन्द अरु केही छैन

उनलाई आफू पनि राजनीतिक प्राणी हुँ भन्ने लाग्छ । मनमोहन अधिकारीजस्ता इमान्दार राजनीतिज्ञको नजिक रहेर उनले स्वास्थ्यमा केही सुरुवात गराउन सके । वृद्धभत्ता सुरुवात गर्न एमाले सरकारलाई सल्लाह उनकै थियो । स्वास्थ्य मन्त्री रहँदा स्वास्थ्य विमा लागु गर्नुपर्छ भनेर प्रक्रिया अगाडि बढाए । सवारीसाधनमा सिटबेल्ट बाँध्ने, मोटरसाइकलमा बस्ने दुबैले हेल्मेट लगाउनुपर्छ भन्ने अवधारणा, मादक पदार्थ सेवनको जाँचलाई कडाई गर्नुपर्छ भन्ने सोच उनैको थियो । त्यतिबेला सुरु भएका अभियान अहिले आएर पुनः ताजा भइरहेका छन् ।

उनलाई लाग्छ, ‘अहिले मेडिकल शिक्षा गलत दिशामा गैरहेको छ । मेडिकल शिक्षा आममानिसको पहुँचभित्र आउनु पर्छ । शिक्षा सस्तोबाट महँगोमा गएपछि विकृति आएको छ । डाक्टर पढ्ने थुप्रै विद्यार्थी उपेन्द्र बन्न चाहन्छन् । तर, जेहेन्दार विद्यार्थीले पनि निःशुल्क पढ्न पाउने अवस्था रहेन । समाज अशिक्षित छ ।  बेलायतमा उपेन्द्र सफल भयो भनेर ‘थ्यांक्यु कार्ड’ पठाउँछन् । नेपालमा त्यो दुर्लभ छ । तर, गरिबको खुट्टा छामेर उपचार गर्दा पाउने आनन्द अरुमा छैन ।’

सधै मिहिनेत

उनले एमबिबिएस सकेपछि सन् १९८६ मा डा.मधु दीक्षितसँग विवाह गरे । उनका तीन छोरी छन् । जेठी छोरी मेधा वेलायतमै बायोकेमेष्ट्री पढ्दैछिन् । अन्य दुई छोरी ब्रिटिस स्कूलमा ।

जीवनमा उनले मेहनत गर्न सिके । समय कहिल्यै खेर फालेनन् । पैसाको पछाडी दौडिएनन् । सबैलाई राम्रो गर्दागर्दै पनि केही वर्षअघि जीवनकै सबैभन्दा दुःखद क्षण आयो । उनकै अगाडि छोरीको अपहरण भयो । उनी आफूलाई कहिल्यै कमजोर ठान्दैनथिए । देशका मान्छेको ‘टाउको जिम्मा लिएका’ उनलाई अपहरणको समयमा छोरीले ‘डन्ट वरी बाबा म जान्छु’ भन्दा आफूलाई निकै निरीह महसुस गरे । उनको छोरी छुटिन् तर केही मिडियाले पैसा कमाएकाले पैसा तिरेर छुटायो भनेर लेखे । त्यतिबेला उनले कमै ठाउँबाट सहयोग पाए । प्रहरीको सहयोगचाहिँ उनलाई सबैभन्दा बढी प्रभावकारी लाग्यो । र, लाग्यो राजनीतिक हस्तक्षेप नहुने हो भने नेपालको सुरक्षा निकायमा निकै सक्षम मान्छे पनि छन् ।

15
Dec

ल्होसार , क्रिसमस & नया वर्ष २०१५ को सुभ कामना !!!

सम्पूर्ण गोरखाली समाज यूके परिवार लगायत जतिपनि देस बिदेसमा रहनु भएका नेपालीहरु प्रति तमु परिबारको ल्होसार &अग्रेजी क्रिसमस साथै नया वर्ष २०१५ को सुखत उपलक्ष्यमा सुख, समृद्धि, सुस्वास्थ्य, एवं उत्तरोत्तर प्रगतिको हर्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।
अध्यक्ष
भरत रोका
साथै सम्पूर्ण गोरखाली समाज यूके परिवार

15
Dec

” ल्होसार ” मा सहभागिता जनाई दिनु हुन् हार्दिक आनुरोध !!!

Gorkha Zilla Gurung Samaj UK Lhosar 2014 banner
 
सम्पूर्ण कार्यसमतिका सदस्यहरु, सल्लाहाकारहरु,  आजिबन सदस्यहरु, साथै गोरखाली समाज यूके परिवार मा नमस्कार !!!
बिषय: ” ल्होसार ” मा सहभागिता जनाई दिनु हुन् हार्दिक आनुरोध !!!
सर्ब प्रथम  सम्पूर्ण गोरखा जिल्ला समाज यूके परिबारलाई  गोरखा जिल्ला गुरुग समाज यूकेले ” ल्होसार पर्ब” २०१५ मा निमन्त्रणा गर्नु भएकोमा म लगायत सम्पूर्ण समाजको तर्फ बाट  गोरखा जिल्ला गुरुग समाज यूकेलाइ हार्दिक धन्यबाद दिन चाहन्छु ।आदरणीय सम्पूर्ण जिल्लाबासीहरु,गोरखा जिल्ला गुरुग समाज यूकेले आफ्नो परम्परा र सस्क्र्तीलाइ कायम गर्दै आएको महान पर्ब “ ल्होसार ”  यही आउने २७  डिसेम्बर २०१४ का दिन लण्डनको Harrow  Leisure Centre Christchurch Avenue HA3 5BD at 1630 hrs मा भव्यताका साथ मनाउन लागेको हुदा समस्थ जिल्लाबासीलाई उपस्थिति का लागी हार्दिक अनुरोध गर्दछु।
उक्त बिशेस कार्यक्रमलाइ गुरुग जतिको मात्र नसम्झी हामी सबै जिल्ला बासीको हो भन्ने भाबना लिई उपस्थिति भै दिनु हुन् पनि अनुरोध गर्दछु।हामीले हाम्रो  समाजका सबै जातजातिको कला र सस्कृति जगेर्ना गर्नु र एक आपसमा मिलेर आगाडी बढ्नु नै हामी सबैको आजको आबस्यकता हो त्यसैले उक्त बिशेस कार्यक्रमको  पूर्ण विवरण हाम्रो समाजलाई गोरखा जिल्ला गुरुग समाज यूकेले पठाएको इमेल हेरेर  पनि जानकारी लिन सक्नु हुनेछ ।   धन्यबाद !!! 
भरत रोका
अध्यक्ष
गोरखाली समाज यूके
Mob: 07828289602
01
Dec
16
Nov
Translate »