Latest News

Bharat Roka

21
Dec

ल्होसार, क्रिसमस & नयावर्ष २०१६ को सुभ – कामना !!!

सम्पूर्ण गोरखाली समाज यूके परिवार लगायत जतिपनि देस बिदेसमा रहनु भएका नेपालीहरु प्रति तमु परिबारको ल्होसार &अग्रेजी क्रिसमस साथै नया वर्ष २०१६ को सुखत उपलक्ष्यमा सुख, समृद्धि, सुस्वास्थ्य, एवं उत्तरोत्तर प्रगतिको हर्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

अध्यक्ष
भरत रोका
साथै सम्पूर्ण गोरखाली समाज यूके परिवार

31
Jul

” हार्दिक समबेदना “

 ” हार्दिक समबेदना”

LAL BDR GRG
जन्म: ०१ जनवरी १९३८                                    स्वर्गारोहण: २७ जुलाई २०१५

गोरखा जिल्ला केराबारी गाउ विकास समेती कोजे देवीथान स्थायी घर भई हाल बेलायतको फानब्रोमा रहदै आऊनु भएका गोरखाली समाज यूके का चिरपरिचित सदस्य,ब्रिटिश गोर्खा आर्मी रिटायर राइफल म्यान २११४७२३४ लाल बहादुर गुरुङ को गत २७ जुलाई २०१५ का दिन ७७ वर्षको उमेरमा असामयिक निधनबाट हामी सम्पूर्ण गोरखाली समाज यूके परिवारहरु अत्यन्त मर्माहित तथा स्तप्ध भएका छौ । यस दुखत घडीमा दिबागत आत्माको चिरशान्तिको प्राथना गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समबेदना प्रकट गर्दछौ ।

 

अध्यक्ष भरत रोका
गोरखाली समाज यूके परिवार

22
Jul

गोरखाली समाज यूकेको समर भेला सम्पन्न

भरत क्षेत्रि, बेलायत – गत १८ जुलाई २०१५ सनिबारको दिन Connaught School Aldershot मा गोरखाली समाज यूकेको समर भेला भव्यताको साथ सम्पन्न भएको छ।

अध्यक्ष भरत रोकाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि समाजका संरक्षक डाक्टर राघब धितालले गर्नु भएको थियो भने , अथितिहरु एन.आर एन यूकेका पुर्ब अध्यक्ष अध्यक्ष योगन बहादुर क्षेत्री, समाजसेबी कृष्ण प्रसाद ढकाल , तनहु जिल्ला समाज यूकेका अध्यक्ष लेख गुरुङ, लम्जुग समाज यूकेका अध्यक्ष तुलाराम गुरुङ, इलाम पोखरी समाज यूकेका अध्यक्ष पूर्णराज गुरुग, गोर्खा सेवा समाज यु ए ई का उपाध्यक्ष,रामचन्द्र ढकाल, लगायत समाजका कार्यसमेतिका सदस्यहरु सल्लाहकारहरुले आ -आफ्नो स्थानबाट आसन ग्रहण गरेकाथिए।

unnamed (1)

  उक्त समर भेलाको उद्घाटन समाजका संरक्षक डाक्टर राघब धिताल र समाजका अध्यक्ष भरत रोकाले सयूक्त रुपमा पानसमा दियो बाली गर्नुभएको थियो । कार्यक्रमको सुरुवात नेपाली राष्ट्रिय गान बजाएर सुरुगरिएको थियो भने गत बैशाख १२ गते गोरखा बारपाकलाइ केन्द्रबिन्दु बनाई गएको विनासकारी महाभुकम्पबाट आफ्नो जिबन गुमाउने हरुको सम्झनामा एक मिनेट मौन धारणा गरिएको थियो।

कार्यक्रमलाइ स्वगत मन्तब्य दिदै समाजका अध्यक्ष भरत रोकाले गोरखाली समाज यूकेको निमन्त्रणालाइ स्वकारगरि आउनु भएका सम्पूर्ण पाउनाहरुलाई धन्यबाद दिनुको साथै उपस्थित सबैलाई स्वागत गर्दै बेलायतको बिभिन्न कुनामा रहेर पनि आफ्नो गाउ ठाउको माया राखी जिल्लाबासी एकै ठाउमा भेलाभै आपसी सुख दुख आदान प्रधान गर्नुपाउनु नै हामीहरु बीचको मित्रता अझ बडी बलियो हुदै जानुहो भन्नुभयो।

unnamed (3)  unnamed (2)

उहाले विनासकारी महाभुकम्पबाट क्षेतिभएका बिधालयहरुलाई केहि राहत होस् भन्ने उदेस्यले समाजले अहिलेसम्म उठएको रकम र आउने दिनमा च्यारिटी डिनर कार्यक्रमगरि जम्मा भएको रकम समेत गरि रु २० लाख सम्मको पुननिर्माण कार्यमा सहयोग गर्ने समाजको उदेस्य भएको जानकारी दिनुभयो साथै उहाले हाम्रो समाजमा भएका विभिन्न जातीय क्षेत्रिय समुदायहरुले गोरखाली समाज यूकेलाई सहयोग गरि अघिबड्नु आजको आबस्यकता हो भन्नुभयो।

समाजका उपाध्यक्ष जय प्रकास गुरुगले आफ्नो मन्तव्यमा विनासकारी महाभुकम्पका बेला आफु र महासचिब गोपाल गुरुग नेपालमै भएको र एन.आर एन आईसिसी को सहयोगमा गोरखाको बिभिन्न ठाउँहरुमा गइ राहत वितरण गरेको जानकारी भिउ फायलबाट जानकारी गराउनु भएको थियो । भने गोरखाली यूथ कोडीनेटर नविना गुरुगको नेतृत्वमा गोरखा जिल्लाको भुकम्प पिडितलाइ राहत सामग्रीलिएर नेपाल गएको १६ जना यूथहरुले जिल्लाका विभिन्नठाउहरुमा राहत सामग्री वितरण साथै स्वस्थ्य सेवा उपलब्द गराएको जानकारी गराउनु भएको थियो।

कार्यक्रममा समाजका सम्रक्षक डाक्टर राघब धिताल द्वरा गोरखा जिल्लामा समाजमाको अग्रणी काम गर्ने गल्लावाला दोय जित बहादुर थापा, लाल बहादुर थापा र लामो समय हाइस्कुलमा हेडमास्टर गर्ने समाजसेबी कृष्ण प्रसाद ढकाललाइ खाता लगाई सम्मान गर्नुभएको थियो भने ममता थापाले University of Bradfordshire बाट Nursing मा डिग्री र रुद्र ढकालले St Mary ’s University बाट Media Artist मा डिग्री गर्नुभएको मा उहाहरुलाई खाता साथै प्रमाणपत्र दिएर समान गर्नु भएको थियो।

कार्यक्रममा दौडेर राजा हुने चलनको झल्को दिन लिगलिगे दौडको पनि आयोजना गरिएको थियो । उक्त दौडमा राजाराम कार्की प्रथम हुनुभएको थियो भने लछिन् कुमार थापा दोस्रा स्थानमा आउनुभएको थियो । उहाहरुलाई पुरस्कार तथा ट्रफी लोकगीतका प्रख्यात गायक गडेस गुरुग र गोरखाली समाज यूकेका अध्यक्ष भरत रोका ज्युले प्रदान गर्नुभएको थियो।

कार्यक्रमलाइ अन्तिम सम्म रोचक बनाउनको लागि सास्कृतिक सचिब निराराज गुरुङ्ज्यु को नेतृत्वमा निरमाया गाम बेसी रोधिघरका प्रख्यात कलाकारहरु गडेस गुरुग,कल्पना गुरुग, दुर्गा परियार, सुक गुरुग, दिनेस गुरुग बाध्यबादक तुलसी राना द्वारा विभिन्न लोकगितहरु प्रस्तुत गर्नु भएको थियो उक्त गीत को तालमा बार्षिक भेलामा आउनुभएका केटाकेटी देखि बुढा बूढी सम्मले कम्मर मर्काई मर्काई नाचिरहेका देखिन्थे । उक्त सस्कृतिक टोलीलाई सास्कृतिक सचिब निराराज गुरुङ्ज्यु र गोरखाली समाज यूकेका अध्यक्ष भरत रोकाले खाता प्रमाण पत्र दिएर सम्मान गर्नु भएको थियो।

उक्त समर भेलालाइ स्पोन्सर दिएर बिशेस सहयोग गर्नेहरुमा सल्लाहकारहरु खुसीमान गुरुग, डाक्टर राजु बाबु थापा, पन्चमान गुरुग,गोर्खा किचन (फटक जित गुरुग भिम गुरुग), देउराली ट्राबल आसिस राज पन्त , गोर्खा ज्वालारी कृष्ण कुमार श्रेष्ठ, TPG Driving of Motoring थम प्रसाद गुरुग, Mouse Tail Service मान गुरुग, अध्यक्ष भरत रोका, उपाध्यक्ष जय प्रकास गुरुग,उपाध्यक्ष कर्ण दर्लामी, कोडीनेटर सचिन श्रेष्ठ ,कोषाध्यक्ष भिम प्रसाद तामाग, सचिब असोक ढकालले गर्नु भएको थियो । उक्त स्पोन्सर बाट उठेको रकमबाट राफल चिट्टाको व्यवस्थापनि गरिएको थियो।

कार्यक्रमको अन्तमा समाजका उपाध्यक्ष कर्ण दर्लामीले उपस्थिती जिल्लाबासीलाई आजको कार्यक्रम सफल भएकोमा सहयोग गर्नुहुने सम्पूर्ण जिल्लाबसिहरुलाई धन्यबाद दिनुभएको थियो साथै उहाले गोर्खा किचनले स्वदिस्ट खाना उपलब्ध गर्नु भएकोमा उहाहरुलाई धन्यबाद दिनुभयो।

कार्यक्रमको फोटो ग्राफर समाजका पब्लिक रिलेसन सचिब हरि गुरुगले गर्नुभएको थियो भने भिडियो ग्रफ मान गुरुगले गर्नु भएको थियो । उक्त दिनको सम्पूर्ण कार्यक्रम समाजका सचिब असोक ढकालले संचालन गर्नुभएको थियो।

22
Jul
26
Apr

आपतकालीन सहयोगको अनुरोध साथै मिटिंगमा सहभागिता जनाईदिनु हुन् अनुरोध !!!

appealdonationgorkhalisamaj
सम्पूर्ण गोरखाली समाज यूके परिवार मा नमस्कार !!!
२५ अप्रिल २०१५, नेपाल र नेपालीको  लागि कालो दिन हुन् पुग्यो । नेपाली  समय अनुसार मध्यदिनमा  आयको भूकम्पले देशभर गरेको धनजनको अपुरणीय ठूलो क्षेतीले गोरखाली  समाज यूके लाई मर्माहित तुल्याएको छ । यस किसिमको प्राकृतिक प्रकोबमा परी आफ्नो जीवन गुमाउनुहुने सबै महानुभाबहरुमा  गोरखाली समाज यूके मिर्त आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवार प्रति हार्दिक समबेदना अर्पण गर्दछ । साथै  यस दुखद घडिमा आ-आफ्नो धन जन गुमाउनु हुने सबैलाई इश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान  गरुन,साथ साथै यस महान बिपत घडीमा समाजले  के कसरी सहयोग गर्न सकिन्छ भन्ने विसयमा समाजको कमेटी मिटिंग तत्काल आबस्यक छलफल गर्नुपर्ने  देखिएकोले यहि आउने ०१  मे २०१५ का दिन  Wembley Tandoori  Resttaurant,133  Wembley  Park  Drive HA9  8HQ  Wembley  London मा 17 :00  hrs  बस्ने हुदा  समाजका  कमेटी मेम्बरहरु  सल्लाहकारहरु साथै समाजका मेम्बरहरु लगायत इछुक मेम्बरलाई उपस्थित भैदिनुहुन को साथै सल्लाह, सुझाब, र सहयोग को लागी गोरखाली समाज यूके हार्दिक बिनम्र अनुरोध गर्दछ  ।
हामीले तत्काल सहयोग सुरु गरिसकेको हुनाले तल उल्लेखित सस्थाको बैंक डिटेलमा आफुले सकेको सक्दो सहयोग गरिदिनुहुन सम्पूर्ण जिल्लाबासी  दाजुभाई दिदीबैनीहरुमा हार्दिक बिनम्र अनुरोध गर्दछु   ।   धन्यबाद
Bank Details  Bank: HSBC
Account Name: Gorkhali Samaj UK
Sort code: 40-35-45
Account Number: 41520261

If you send Cheque by post Treasure address as follow:Mr. Bhim Prasad Tamang.
25 Broomhill Road

Farnborough Hampshire

GU14  9PT

Mobile No: 07725857501
E-mail:
bhimprasad@hotmail.co.uk

Note : If you done payment, inform to Treasure by e-mail, phone or text message please. 

 Meeting Venue

 Wembley Tandoori  Resttaurant
133  Wembley  Park  Drive
HA9  8HQ
Wembley  London 
 Time : 1700  hrs .
Bharat Roka
Chairman
Gorkhali Samaj UK
Mob: 07828289602

 

14
Apr

गोरखाली समाज यूकेको बार्षिक साधारण सभा फानबरोमा सम्पन्न

 

भरत क्षेत्री, लण्डन, – गोरखाली समाज यूकेको बार्षिक साधारण सभा बेलायतको फानबरोमा आइतबार सम्पन्न भएको छ ।

गोरखाली समाजका अध्यक्ष भरत रोकाको अध्यक्षतामा बार्षिक साधारण सभा सभा सम्पन्न भएको हो ।

सभामा समाजका सचिब असोक ढकालले उपस्थित सम्पूर्ण जिल्ला बासीलाई नया वर्ष २०७२ सालको उपलक्ष्यमा सुख, समृद्धि, सुस्वास्थ्य, एवं उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दै कार्यक्रमलाई अगाडी बढाएका थिए ।

उनले हेल्थ एंड सेफ्टी समन्धी जानकारी गराउनुको साथै उक्त साधारण सभामा आउन चाहना हुदाहुदै पनि परिसथितिबस उपस्थिति जनाउन नसक्ने सदस्यहरुको नामावली पढेर सुनाएका थिए ।

समाजका कल्चर सचिब निराराज गुरुङ्गले आफ्नो भनाइ राक्दै समाजले बिगतमा गरेका काम र आउने बार्षिक भेलामा के कस्ता कार्यक्रम ल्याउने बारेमा विस्तृत जानकारी गराएका थिए ।

समाजका प्रोपर्टी सचिब दिनेस गुरुङ्गले समाजमा भएका प्रोपर्टीहरुको बारेमा जानकारी दिएका थिए । समाजलाई जानकारी गराउने क्रममा समाजका कोषाध्यक्ष भिम प्रसाद तमाङ्गले बार्षिक आयव्यय प्रस्तुत गरेका थिए ।

भने समाजका उपाध्यक्ष कर्ण दर्लामीले समाजलाइ सफल बनाउन सबैले सहयोगी भाबना लिएर अगाडी बढ्नु पर्ने बताए ।

बार्षिक साधारण सभालाइ सम्बोधन गर्दै समाजका अध्यक्ष भरत रोकाले समाजले गत एक वर्षको अबधिमा गरेका काम र आउने दिनमा समाजले राखेका कार्य योजनाका बारेमा समाजलाई प्रष्ट पारेका थिए ।

साथै उनले हामी जति पनि गोरखा जिल्लाबासी बेलायतमा विभिन्न ठाउँहरुमा छरिएर बसेता पनि हामी सबै एकजुट भई आगाडी बढ्नु पर्ने विचार राक्दै हामी नेपाली हौ, हाम्रो पहिचान नेपाली हो, त्यसको अलाबा हाम्रो धर्म कला सस्कृति हाम्रा छोरा छोरी हरुलाई आफ्नो आफ्नो जातिहरुको इतिहास को पालना गर्दै आगाडी बढ्नु नै आजको आबस्यकता भएको बताए ।

उक्त बार्षिक साधारण सभामा समाजको वेब सहिड लाइ समाजका अध्यक्ष भरत रोकाले बिधिबत रुपले वेबपेज ल्यापटप बाट उद्घाटन गरे ।

साथै उनले नेपाल बाट आएका चर्चित कलाकार गणेश गुरुङ्ग लाइ खादा लगाई सम्मान गरेका थिए । भने उनलाई समाजका कल्चर सचिब निराराज गुरुङ्ग सल्लाकार क्यापटन रनधोज राना लगायत समाजका अन्य सदस्यहरुबाट पनि खाता लगाई सम्मान गरिएको थियो ।

 

समाजका सल्लाहकार साथै साहित्यकार विकलचन्द्र आचार्यको साहितिक कृति ‘मोह’ ले २०७० सालको हरि उत्कृष्ट प्रतिभा पुरस्कार प्राप्त गरेकोले उहालाई सम्पूर्ण समाजको तर्फबाट समाजका अध्यक्ष भरत रोकाले खादालाई सम्मान गरेका थिए ।

आफु सम्मानित भएकोमा उनले गोरखाली समाज यूके लाइ धन्यबाद दिनुको साथै उक्त साहितिक कृति ‘मोह’को बारेमा समाजलाई जानकारी गराएका थिए ।

साथै उनले हामी बेलायतमा बसेर आफ्नो जन्मभूमिका गरिब छात्र छात्रालाइ समाजले छात्रब्रिधि जस्तो परोपकारीकाम दिन सकेमा समाजको सहि मुल्यांकन हुने बताए ।

सम्मान कै क्रममा नेपालबाट बेलायत घुम्न आएका समाजसेबी साथै ३७ वर्ष श्री जन कल्याण मा।बि श्रीनाथकोटमा हेडमास्टर गर्नुभएका कृष्ण प्रसाद ढकाललाइ समाजका भूपू अध्यक्ष खुसीमान गुरुङ्गले खादा लगाई सम्मान गरेका थिए ।

सम्मान पाएकोमा उनले गोरखाली समाज यूके लाइ धन्यबाद दिनुको साथै आफ्नो जन्मभुमि लाइ सम्झेर समाजले सकेको परोपकारी काम गरि अगाढी बढ्न सुझाव दिए ।

उक्त बार्षिक साधारण सभामा समाजका सल्लाहकारहरु खुसीमान गुरुङ्ग, क्यापटन रनधोज राना, क्यापटन जंग बहादुर गुरुङ्ग, फटकजित गुरुङ्ग, सुर घले, धन गुरुङ्ग,राजकुमार गुरुङ्ग,भगबती गुरुङ्ग, बिष्णु तमाङ्ग, विकलचन्द्र आचार्य लगायत बेलायत का विभिन्न ठाउँ बाट आउनुभएका गोरखा जिल्लाबासीको उल्लेखनिय सहभागिता थियो ।

 

कार्यक्रमको अन्त्यमा खानपानको साथै ड्रिंक्स को व्यवस्था पनि गरिएको थियो र नेपाली नया वर्ष २०७२ सालको सुभ अवसरलाई एक आपसमा खुसि साटासाट साथै भाला कुसारी गरि साधारण सभाको अन्त भएको थियो भने उक्त दिनको कार्यक्रम सचिब असोक ढकालले संचालन गरेका थिए ।

14
Apr

गोरखाली समाज यूकेको बार्षिक सभालाइ सम्बोधन !!!

Venue:
Date: 11 April 2015
Time: 1200 hrs- 1800 hrs
Samuel Cody Sport College,
Ballantyne Road, Farnborough, Hampshire, GU14 8SN

भरतरोका (अध्यक्ष) गोरखालीसमाजयूके

उपस्थित मान्यबर  सल्लाहकारहरु,कार्यसमेतीका सदस्यहरु सम्पूर्ण दाजुभाई दिदीबैनीहरुमा मेरो सादर नमस्कार आज तपाईहरुको अमुल्य समयलाइ थातीराखेर  गोरखाली समाज यूकेको बार्षिक  सभामा उपस्थिति भैदिनु भएकोमा समाजको तर्फ बाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वगत गर्दै आजको बार्षिक कार्यक्रममा आफ्नो भनाइ प्रस्तुत गर्न चाहन्छु,

आजको दिन गोरखाली समाज यूकेको लागि अतिनै महत्वपूर्ण दिन हो किनकि आज हामी  समाजको आगामी दिन हरुमा समाज लाइ के कसरि अगाडी बढाउन सकिन्छ भन्ने बिसयमा समस्याको  समाधान गर्दै समाज लाइ एक सबल र सक्षेम् सस्था बनाई आगाडी  बनाउने कार्यमा जुटिरहेका छौ ।  गोरखाली समाज यूकेले  अहिलेको बदलिधो परस्थितिमा हामी बेलायतमा बस्नेसबै गोरखा जिल्लाबासीहरु लाइ एकबध गराई यूकेमा भएका हजारौ सस्थाहरु मध्य  हाम्रो सस्थालाइ एक नमुनाको रुपमा आगाडी बढाउनु पर्ने उदेस्य राखी हामी आगाडी बढ्नु पर्छ भन्ने भाबना  राखी हामी  सबैले आ -आफ्नो ठाउँ बाट आफुले सकेको मदत गरेमा हामी हाम्रो गन्तब्यमा पुग्न सक्छौ, त्यसैले  यस कार्य समेतिलाई सबैको सहयोग को जरुरि पर्ने हुदा सम्पूर्ण जिल्लाबासीबाट आफुले सकेको सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्न चाहन्छु। बेलायतमा हाम्रो समाजलाइ एकताबध भै बलियो र सुद्र्ड समाजको निर्माण गर्ने,कुरा एकातिर छदैछ भने अर्कोतिर हामी बेलायतमा बस्ने दाजुभाई दिदिबैनीहरु मा परेको समस्यालाइ के कसरी प्रभाबकारी भूमिका साथ् निर्भाह गर्नुपर्ने देखिन्छ त्यसैले हामी जति पनि गोरखा जिल्लाबासी बेलायतमा बिभिन्ना ठाउँहरुमा छरिएर बसेता पनि हामी सबै एक जुट भई आगाडी बडेमा हाम्रो समाज बलियो हुनुको साथै हामी बीचभएका समस्या एक आपसमा मिलि समधान गर्न सकिन्छ । हामी कर्म भुमि बेलायत बनाई बसेपनि  हामी नेपाली हौ, हाम्रो पहिचान नेपाली हो, त्यसको अलाबा हाम्रो धर्म कला सस्कृति हाम्रा छोरा छोरी हरुलाई आ-आफ्नो जातिहरुको इतिहासको पालना गर्दै आगाडी बढ्नुनै आजको आबस्यकता हो । त्यसैले म यहाँ हरुलाई के प्रस्ट गर्न चाहन्छु कि गोरखाली समाज यूके गोरखा जिल्लाबासी हरुको दुखमा साथ् र सहयोगको भाबना लियर स्थापना भएको एक कल्याणकारी सस्था हो । उपस्थित दाजुभाई दिदीबैनीहरु अब म, गोरखाली समाज यूकेले मेरो कार्यकालमा गरेका केहि सकरात्मक कामको बारेमा जानकारी गराउछु ।

१ .हाम्रो समाजले गत वर्ष देखि हाम्रा छिमेकी जिल्ला बासीसमाजहरु लाई एक आपसमा सुमधुर समन्ध राखी बार्षिक भेलामा निमन्त्रणा गरि मनाउने परम्पराको सुरुवात गर्यो, त्यसै अनुरुप गत वर्षको बार्षिक भेला भव्यताका साथ सम्पन्न गराएको कुरा हामी सबैलाई सर्ब बिधितैछ । जसअनुसार निमन्त्रणा गरेका छिमेकि जिल्लाबासीहरु निम्न अनुसार छन् : लम्जुङ्ग समाज यूके तनहु समाज यूके धादिग नुवाकोट समाज यूके क्याट यूके (चितवन समाज यूके )

२. नेपालको इतिहासमा दौडेर जित्नेले राजा हुने चलन गोरखाको लिगलिग बाट भएको चलनलाई झल्को दिन बार्षिक भेलामा उक्त दौडको सुरवात गरेको र उक्त दौड लाइ निरन्तरता दिदै लैजाने समाज को धारणा भएको कुरा   अबगत गराउन चाहन्छु ।

३ . गत एक वर्षको अबधिमा समाजलाई धेरै सामाजिक सगसस्थाहरु बाट निमन्त्रणा आएको र उक्त  निमन्त्रणामा समाजको तर्फ बाट भाग लिएको कुरा पनि अबगत गराउन चाहन्छु जस अनुसार  :

लम्जुङ्ग समाज यूके           (बार्षिक पार्टीमा भाग लिएको)

तनहु समाज यूके              ( बार्षिक पार्टीमा भाग लिएको )

धादिग नुवाकोट समाज यूके      (बार्षिक पार्टीमा भाग लिएको )

क्याट यूके (चितवन समाज यूके )    (बार्षिक पार्टीमा भाग लिएको )

तमुधि यूके                                      (नेपाली मेलामा भाग लिएको )

इलिम पोखरी समाज यूके                 ( बार्षिक पार्टीमा भाग लिएको )

साथै जिल्ला भित्रका सस्थाहरु बाट पनि निमन्त्रणाहरु आएको र समाजको तर्फ बाट भागलिएको कुरा आज यस समाजलाई अबगत गराउन चाहन्छु । जसअनुसार :

गोरखा जिल्ला गुरुग समाज यूके            ( बार्षिक पार्टीमा भाग लिएको )

गोरखा जिल्ला चिप्लेटी समाज यूके        (च्यारेटी कार्यक्रममा भाग लिएको  )

गोरखा जिल्ला थालाजुंग समाज यूके      (च्यारेटी कार्यक्रममा भाग लिएको  )

उक्त च्यारेटी कार्यकम थालाजुंगमा  हस्पिटल निर्माण को लागि गरिएको हुदा मैले मेरो व्यक्तिगत तर्फ बाट £ १०० पौण्ड सहयोग गरेको कुरा जानकारी गराउन चाहन्छु ।

४ . सस्थाको वेब सयिड www.gorkhalisamaj.uk लाइ क्रमिक रुपले सुधार गर्दै समाजमा भएका हरेक गतिबिधि लाइ वेबमा राखने कोसिसको सुरुवात गरेको कुरा पनि अबगत गराउन चाहन्छु । वेबमा अहिले हाम्रा हरेक गतिबिधिहरु राखेर समाजलाई जानकारी गराउने हामीले सक्दो प्रयास गरेकाछौ त्यसमा तपाईहरुको उचित सल्लाह सुझाब दिएमा हामी अझ बढी सुधार गर्दै लजाने मद्धत पुग्ने थियो त्यसैले तपाईहरुको सल्लाह सुझाबको अपेछ्या राक्दछौ ।

५ . समाज को फेसबुक यूकेमा भएका अन्य  सामाजिक सस्थाहरु मध्ये  अग्रड़ी  स्थानमा भएको कुरापनि अबगत गराउन चाहन्छु साथै फेसबुक को नियम अनुसार ५००० भन्दा बढी साथी फ्री मा बनाउने नियम नभएकोले लाएक गरि साथी बनाउन  मिल्ने गरि बनाइएको  छ जसको नाम पनि गोरखाली समाज यूके नै राखिएको छ । उपस्थित दाजुभाई दिदीबैनीहरु अब म, गोरखाली समाज यूकेको आफ्नै कार्यसमेति हरुको केहि कमि कमजोरीका  बारेमा अबगत गराउन चाहन्छु । हो हामी सबै यूकेको ब्यस्थ जिबन बिताई आफुमा भएको केहिसमय समाजलाई दिएर समाजको भलाइमा लागेका छौ तर पनि समय नमिलेर हो या आफ्नो समस्या भएर हो कतिपय कार्य समेतिका सदस्यहरु, सल्लाहकारहरु सस्थाको महत्वपूर्ण मिटिंगमा उपस्थित् नहुनु समाजको लागी एकदमै दुखको कुरा महसुस गरेको छु त्यसैले आफ्नो जिम्मेबारी गहन रुपले लिएर आगाडी बढीदिनुहोला भन्ने बिनम्र अनुरोध गर्न चाहन्छु । समाजलाई अगाडी बढाउन समाजका हरेक व्यक्तिको आफ्नो -आफ्नो भूमिका अतिनै महत्वपूर्ण हुने भएकोले आउने दिनहरुमा म सबै जिल्लाबासी दाजुभाई दिदीबैनी हरुलाई समाजको सदस्यता लिएर आफ्नो जिल्लाको सस्थामा एकबध भैदिनुहुन पनि हार्दिक अनुरोध गदछु । उपस्थित दाजुभाई दिदीबैनीहरु:अब म, गोरखाली समाज यूकेको आगामी हुने कार्यक्रमहरु बारे जानकारी दिलाउन चाहन्छु । समाजको बार्षिक भेला आउने  18 July 2015 मा Connaught Leisure Centre Tongham Road, Aldershot, Hampshire, GU12 4AS  मा हुने जानकारी गराउन चाहन्छु साथै उक्त बार्षिक भेलालाई समाजका कार्यसमेतिका सदस्यहरु लगायत सलाहकारहरु समाजका ब्यबसाहीहरु विद्वान बुद्धिजिबी वर्गहरु दाजुभाई दिदीबैनीहरुलाई आ-आफ्नो ठाउँ बाट सहयोग गरिदिनुहुन साथै उक्त  भेलामा उपस्थित  भइदिनु हुन् हादिक बिनम्र अनुरोध गर्दछु । त्यसैले उक्त बार्षिक भेला सफल बनाउन समाजको कमेटी मिटिंग यहि आउने २० जुन २०१५ मा हुने जानकारी गराउन चाहन्छु साथै उक्त मिटिंग मा पनि तपाई हरुको समय निकाली भाग लिएर उचित सल्लाह सुझाब दिनुहोला भन्ने अनुरोध गर्न चाहन्छु । अन्त्यमा अहिले सम्म  समाजलाई जे-जसरि सहयोग गदै आउनुभएको छ  त्यसरीनै निरन्तर सहयोग गदै जानुहुनेछ भन्ने कामना गर्दै, नेपाली नया वर्ष २०७२ सालको सुखत उपलक्ष्यमा गोरखाली समाज यूके परिबारलाई सुख, समृद्धि, सुस्वास्थ्य, एवं उत्तरोत्तर प्रगतिको हर्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु  धन्यबाद ।

जय गोरखाली समाज यूके

14
Apr

नेपाली नया वर्ष २०७२ सालको सुभकामना !!!

गोरखाली समाज यूके परिवार लगायत जतिपनि देस बिदेसमा रहनु भएका नेपालीहरु प्रति नेपाली नया वर्ष २०७२ सालको सुखत उपलक्ष्यमा सुख, समृद्धि, सुस्वास्थ्य, एवं उत्तरोत्तर प्रगतिको हर्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।

भरत रोका
अध्यक्ष
गोरखाली समाज यूके साथै सम्पूर्ण परिवार

04
Mar

गोरखाली समाज यूके को बार्षिक मिटिंग समन्धी जानकारी !!!

 Gorkhali Samaj UK Annual AGM

Samuel Cody Sport College
Ballantyne Road ,Farnborough ,Hampshire, GU14 8SN

11 April 2015 ( Saturday) 1145 hrs.

 

सम्पूर्ण कार्यसमतिका सदस्यहरु, सल्लाहाकारहरु, आजिबन सदस्यहरु, साथै गोरखाली समाज यूके परिवार मा नमस्कार

बिषय: गोरखाली समाज यूके को बार्षिक मिटिंग समन्धी जानकारी !!!

हाम्रो समाजको बार्षिक मिटिंग यहि आउने ११ अप्रिल २०१५ का दिन Samuel Cody Sport College
Ballantyne Road ,Farnborough ,Hampshire, GU14 8SN मा बिहानको ठिक ११४५ बजे बाट हुने भएकोले उपस्थितिको लागि कार्यसमतिका सदस्यहरु, सल्लाहाकारहरु, आजिबन सदस्यहरु, साथै गोरखाली समाज यूके परिवारलाइ हार्दिक अनुरोध गर्दछु ।

उक्त दिनमा केकस्ता कुराहरुमा छलफल हुने बिसयमा समाजका सचिब अशोक ढकाल को इमेल बाट आबगत पाई सक्नुभयो होला यदि पढि नसक्नु भएको छ भने समाजको वेब : www.gorkhalisamaj.co.uk मा गएर हेर्न सक्नु हुनेछ ।

यदि तपाई हरुको सदस्यता नबिकरण गर्नु परेको छ या नया सदस्यता बन्नु चाहना गर्नु भएको छ साथै आजिबन सदस्यता लिनु हुन्छ भने तलको ठेगानामा समाजका कोषाध्यक्ष भिम प्रसाद तामांग सग सम्पर्ग गरि बन्न सक्नु हुनेछ भन्ने अनुरोध गर्न चाहन्छु ।

Bank Account Details:
Bank: HSBC
Account Name: Gorkhali Samaj UK
Sort Code: 40-35-45
Account Number: 41520261
If you send Cheque by post Treasure Address as follow:
Bhim Prasad Tamang
37 Churchill Crescent
Farnborough Hampshire
GU14 8EL
Mob: 07725857501
E-Mail: bhimprasad@hotmail.co.uk

उक्त बार्षिक मिटिंगको दिन पुर्ब घोसित एजेन्डा (कार्यसमेति मिटिंग १४ फेब्रुवरी २०१५ वेब साहिडमा हेर्न सक्नुहुनेछ ) माथि छलफल गरिने र यदि हामीले राखेका एजेन्डा बाहेक समाजलाई रचनात्मक हुने छन् भने यहि मार्च महिनाको अन्तिम दिन सम्ममा पठाउनुहोला हामी योग्य भएमा समाबेस गर्नेछौ ।

साथै उक्त दिनको मिटिंगमा कार्यसमतिका सदस्यहरु, सल्लाहाकारहरु, आजिबन सदस्यहरु, साथै गोरखाली समाज यूके परिवारका साधारण सदस्यहरु लाइ समाजको बारेमा केहि जानकारी गराउने उदेस्य बोल्न चाहनु हुन्छ भने यहि मार्च महिनाको अन्तिम दिन सम्ममा यसै इमेल बाट जानकार गराऊनु होला हामी हाम्रो एजेन्डा मा समाबेस गर्ने छौ ।

समाजको वेब साहिड: www.gorkhalisamaj.co.uk हामीले समयानुकुल नया पुराना लेख समाबेस गर्दै गएका छौ हेर्दै गर्नुहोला ।

यो बार्षिक मिटिग भएको हुनाले समाजको एक बर्समा भएका गतिबिधिहरु समाज लाइ जानकारी गराउनु पर्ने भएकोले समपूर्ण जिल्ला बासीलाई उक्त दिन उपस्थिको लागि हार्दिक बिनम्र अनुरोध गर्दछु । “जय गोरखाली समाज यूके”

भरत रोका
अध्यक्ष
गोरखाली समाज यूके
Mob: 07828289602
Web site: www.gorkhalisamaj.co.uk

04
Mar

पहिलो पटक लिगलिग कोटमा प्याराग्लाइडिङ उड्दा…..

आदर्श नेपाल संवाददाता

विनोद लामिछाने दौडमा जो पहिलो भयो त्यहि व्यक्ति वर्षदिन सम्म राजा हुने पराम्पराबाट विकास भएको गोरखाको लिगलिगकोटबाट पहिलोपटक प्याराग्लाइडिङ्ग उडेको छ । प्याराग्लाइडिङ्ग पाइलटहरु अर्जुन बराल, निसिम थापा, सुनिल भट्टराई र अन्य तीन विदेशी पाइलटहरुले लिगलिग कोटबाट उडान गरेका हुन् । झण्डै २० मिनेट गोर्खाको आकाशमा उड्दै उनीहरुले ठाँटिपोखरी बजारमा अवतरण गरेका थिए । बृहत् गोरखा राज्यको निर्माण अभियानको प्रारम्भ लिगलिगबाटै भएको थियो । द्रव्य शाह महत्वाकांक्षी एवं लडाकु राजा थिए । द्रव्य शाहको उदयपूर्व लिगलिगमा मगरहरुको एकतन्त्रीय शासन थियो । प्रत्येक वर्ष दौड प्रतियोगिताबाट प्रथम हुनेलाई वर्ष दिनका निम्ति राजाको रुप छनौट गर्ने प्रचलन थियो । दौड विजयबाट राजा घोषित हुने यो परम्परा शासक छनौटको सन्दर्भमा विश्वमा नै अनौठो र अद्वितीय मान्न सकिन्छ । सोहि ठाउँमा पहिलोपटक आफ्नों आकाशमा विशाल चराजस्तै उड्दै आएको अनौठो वस्तु देखेपछि त्यसलाई हेर्न स्थानियहरुको भिड लागेको थियो । प्याराग्लाइडिङ्गमा उड्दै त्यस ठाउँमा उत्रिएका पाइलटहरुलाई पञ्चेबाजा, अबिर र फुलमालाले स्वागत गरियो । उडानको चाँजोपाँचो पोखरा प्याराग्लाइडिङ्ग कम्पनीले मिलाएको थियो । स्थानिय व्यवस्थापक प्रकाश थापाले सो खेलबाट त्यस क्षेत्रमा शाहसिक पर्यटन विकासको सम्भावना रहेको औल्याए । विश्वकै प्रख्यात मनाङ्गको थोरङपास प्रवेश मार्गको रुपमा रहेको डुम्रे–बेसिशहरको मध्यभागमा रहेको तुरतुरे बजारबाट नजिकै रहेको ठाँटिपोखरीबाटै लिगलिगकोट पुगिन्छ ।

फरक ठाउँमा आएर प्याराग्लाइडिङ्ग उडाउँदा फरक अनुभुति भएको पाइलट अर्जुन बरालले बताए । स्थानियहरुको मुहारमा देखिएको खुसिले आफुलाई पनि हर्षित तुल्याएको उनले सुनाए । कहिल्यै प्याराग्लाइडिङ्ग नगरिएको ठाउँमा प्याराग्लाइडिङ्ग गर्नु शाहसिक कार्य भएको उनले टिप्पणी गरे । ‘कहिल्यै कोहि नउडेको ठाउँमा पहिलो पटक उड्दा ज्यानकै बाजी लगाएर उड्नु पर्दछ’ बरालले भने । सफल उडान पनि भने सो ठाउँपनि प्याराग्लाइडिङ्गका लागि अनुकुल रहेको प्रतिक्रिया दिए । गोरखा सदरमुकामबाट पश्चिममा ४ र ५ घण्टाको पैदल यात्राबाट पुग्न सकिने लिगलिगकोट ऐतिहासिक पर्यटकिय स्थलका रुपमा रहेको र सो दरवारको भग्नावशेष यद्यपी त्यहाँ विद्यमान छ । लिगलिग कोटमा अहिलेपनि वर्षेनी दौड प्रतियोगिताहरु सञ्चालन हुँदै आएका छन् । – See more at: http://aadarshanepal.com/archives/16076#sthash.Ew2jIahy.dpuf

Translate »